दाङमा ओली, बाग्लुङमा शाही र पाँचथरमा कुरुम्बाङ विजयी



दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी
दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका थिए । ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन् । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरेका हुन् । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याए । बागलुङ क्षेत्र नं २ (ख) बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गरे ।

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजयइ भएका हुन् । कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया