‘अपराधीकरण र माफियातन्त्रले ग्रस्त उदारवादको कोट फ्याकौं’



डा. युवराज संग्रौला।

नेपालमा ज्ञानको अभाव धेरै छ भन्ने प्रमाणित भैसक्यो । राज्ययन्त्र, राजनीति, अर्थव्यवस्था, विकास योजना आदि सबै तदर्थवाद, अनुमान वा अनुकरणबाटै निर्देशित छन् । शिक्षाको अवस्था दयनीय छ । यो सापेक्षित पनि छैन, सान्दर्भिक पनि छैन र रास्ट्रको हितमा पनि छैन । नेपालको शिक्षाले कतिपय प्रश्नको उत्तर दिन नसकेको मात्र होइन, यसले नेपाली रास्ट्रियताको सांस्कृतिक आधार सिर्जना मात्र गर्न नसकेको मात्र होइन, बरु भत्काएको छ । प्रोपोगन्डा गर्ने र आत्मरतिमा देशको निर्माण गर्नेहरुको उत्पादन पनि गरेको छ, र फोहोरलाई फोहोर छ्यापेरै समाधान खोज्नेको संख्या पनि थोरै छैन । केही गम्भीर प्रश्नहरुले शिक्षाको ढाँचा भित्र उत्तर खोजेका छन् ।

१. नेपालको परम्परागत संस्कृति र सभ्यता भित्र थुप्रै अन्धविश्वास र विज्ञान बिरोधी प्रचलन छन् । धार्मिक स्थिरतावाद र कट्टरतावाद पनि चुनौतीका रुपमा छन् । तर पनि पूर्वीय सभ्यतमा नवीनता ग्रहणशक्ति अधिक छ ।अहिले नेपाल छिङ्ग वंशको अन्तिम र गणतन्त्र स्थापनाको बेलाको अवस्थामा उभिएको छ, जतिबेला चीनमा सामाजिक सुधार भनेको पश्चिमी सभ्यताको अनुकरण गर्नु हो भन्ने बुझिन्थ्यो । तर चीनमा त्यहाँका देशभक्त बौद्धिकहरुले संस्कृतिमा पश्चिमीकरणको बिरोध गर्दै एउटा नयाँ सिद्धान्त अगाडी सारे, जसलाई “थि योङ्ग’ अर्थात् “संस्कृति चिनियाँ र बिज्ञान र प्रबिधि पश्चिमी“ भन्ने अभियान निर्माण गरे। हाम्रो सोच के हो? हामीसँग जिरो सोचको अवस्था छ। हामीले समाजले अङ्गालेको कट्टरतावादलाई त्याग्न पनि सकेनौं र आधुनिकताका नाममा पश्चिमीकरणका दास हुन पनि सकेनौं । यो हाम्रो शिक्षाले सिर्जना गरेको अल्पज्ञानको परिणाम हो, जो खतरनाक छ ।

२. नेपालमा मनुवादको कुरागर्ने थुप्रै टाटेपाटे छन् । यथार्थमा अहिलेको युग आदिम धार्मिक ग्रन्थबाट निर्देशित पनि हुनसक्देन । तर यसको समाधान “कृश्चियन्डम“ अर्थात् संसारको आधुनिकता सबैलाई क्रिश्चियन बनाएपछि प्राप्त हुन्छ भन्ने उपनिवेशी एवं सांस्कृतिक साम्राज्यवादको धोती ओडेर पनि हुन्न । १५औ शताब्दीको “ गैरक्रिश्चियन अफ्रिकी, एसियायी तथा दक्षिण अमेरिकी स्वबासी आदिवासी मानिसलाई शासन गर्ने अधिकार युरोपेली सेता रास्ट्रलाई छ“ भन्ने क्रिश्चियनडमको सिद्धान्तले “युरोपेलीहरु आइपुगेका भूमिमा कब्जा गर्ने र सार्वभौमिकता कायम गर्ने अधिकार छ“ भन्ने मान्यतालाई “युरोपेली सेता शक्तिको साझा कानुन मान्यो । त्यसकै आधारमा अफ्रीकामा बेलायत, फ्रान्स, बेल्जियम, जर्मनी, पोर्चुगिज आदिले लाखौं मानिसको हत्या गरे । उनीहरुका धर्म ध्वस्त पारे । अमेरिकामा बेलायत, फ्रान्स, स्पेन र पोर्चुगीजले लाखौ जनजाति आदिवासीको हत्या गरे ।

३. कोलोम्बसले अमेरिकी आदिबासीलाई दास बनायो । गोरा आप्रवासीले आदिवासीका जमिनमा अधिकार कायम गरे । उनीहरुले बिरोध गर्दा क्रिश्चियनड्म साम्राज्यको कानुन उल्लंघन गरेको भनी उनीहरुलाई मारी सभ्यता स्तापित गर्ने अधिकार छ भनी निसंकोच आमहत्या गरे। करिब २ करोड मानिस मारे। यो कथित युरोपेली सेतो अहांकारबाद मनुबादको उपचार हो भन्ने टाटेपाटेहरुको राजनीति र राज्ययन्त्र माथिको प्रभाव आजको नेपाली संस्कृतिको चुनौती हो।

४. चिनियाँ बौद्धिकहरुको भनाइ छ, इतिहासमा फोहोर मात्र छैन । यसभित्र डंङुर सामन्तवाद र अन्धविश्वास छ । तर यसले अतेन्त धेरै बुद्धि पनि निर्माण गरेको छ। यसले कयौं प्रगतिशील सामाजिक र राजनीति सिद्धान्त पनि विकास गरेको छ। तर हाम्रा स्कुलहरुमा क्रिश्चियनडम का सिद्धान्तमात्र पढाइ हुन्छन्, जसले पश्चिमलाई शासन गर्ने र अरुले शासित हुनुपर्ने सूक्ष्म मनोबैज्ञान निर्माण गर्छ। पश्चिमी संस्थाहरु अहिले नेपाल जस्ता देशमा बसेर यहि क्रिश्चियनडमको साम्राज्यबादी चेतना निर्माण गरिरहेका छन् ।

५. यसको हेक्का हाम्रा अल्पज्ञानी राजनीतिक नेता, देश जोगाउने आन्दोलनकारी र विदेश पलायन भएर देश बिग्रेको देख्ने देशमा बसेर उत्पादन गर्न नचाहने केही आडम्बरीमा छैन (बिदेशी भनेर यहाँ श्रम स्वीकृति लिएर गएका देश फर्किनेलाई भनेको होइन युरोप र अमेरिका स्वर्ग हो भनेर जानेलाई भनिएको हो, त्यो पनि पढ्न गएका देश फर्किनेलाई भनेको होइन, अमेरिका बसेर आमाबाबुलाई तेल भिसामा लानेलाई मात्र भनिएको हो)।

६. एशिया अहिले गोरो अहंकारबादको चपेटामा छ । चीन, भारत र अन्य एशियाको भुभागको विकास यसको क्रीस्चियनडम सिद्धान्तका लागि चुनौती बनेको छ । त्यसैले उ एसियाको सांस्कृतिक पुनर्निर्माण र पुनरउत्थानको विरुद्धमा सक्रिय छ।

यसले भारतमा हिन्दूत्वको उत्थान हुँदै गरेको त चीन उपनिवेस बन्दै गरेको एवं अरब आतंकवादी बनेको आरोप लगाउँछ । ऊ पैसा लिएर गैरसरकारी संस्था प्रयोग गरेर हाम्रो दिमाग भुट्दै छ, हामीले संसदमा तेस्ता मानिस पठाएका छौं जो हामीलाई अमेरिका लगिदिनुहोस्, हामीसँग पैसा छैन, हामीलाई गाडी छैन भनेर विदेशीका अगाडी रुन्छन् ।

यी सबै समस्याको समाधान हाम्रो सिर्जनात्मकतायुक्त चेतमा छ, अतः
१. पलायनका विरुद्ध उभिऔं, देशमा काम गरौं, कमाउन गएकाले कमाएर ल्याइ उत्पादनमूलक क्षेत्रमा लगाउँ ।
२. राष्ट्रिय संस्कृतिको निर्माण गर्न इतिहासको विश्लेषण गरौं र चिनियाँ मोहिस्टहरुले भनेझै समाजलाई सुसङ्गठित गर्ने प्रचलनलाई जोगाउँ र अन्धविश्वासलाई फ्याकौं।
३. राजनीतिमा अल्पज्ञानी र आडम्बरीहरुलाई चुनौती दिउँ ।
४. लोकतान्त्रको सापेकक्षित सिद्धान्तको खोजी गरौं, अपराधीकरण र माफियातन्त्रले ग्रस्त उदारवादको कोट फयाकौं ।
५. शिक्षालाई उत्पादनको लागि आवश्यक विज्ञान र प्रबिधिको माध्यम बनाउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १७०३ जनामा कोरोना संक्रमण, १२३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको

भारतको छिमेक सम्बन्धमा नेपाल पहिलो प्राथमिकतामाः विदेश सचिव श्रृंगला

काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र

संसदीय सुनुवाई समितिबाट न्याय परिषदको सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता

विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुन्छः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने