प्रधानमन्त्रीलाई कामको धपेडी कहिलेसम्म ?



हातमा खबर टिप्पणी ।
यो साताको हेडलाईन्स खबर मध्येको एक रह्यो, प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारहरुको राजीनामा । प्रधानमन्त्री केपी ओलीले आफ्नो निजी सचिवालयका सबै सदस्यहरुको राजीनामा मागेका समाचार विवरणहरु सार्वजनिक भएका छन् । आफूले जुन गतिमा काम गर्न चाहेको हो, सो गति पकड्न नसकेकोले आफ्नो सचिवालयको टीमदेखि सल्लाहकार मण्डलीलाई पदमुक्त गर्न प्रधानमन्त्री ओलीले कदम चालेको समाचार विवरणहरु आएका छन् ।

मंसिर १ गतेदेखि लागू हुने गरी सबैलाई सधन्यवाद बिदाई हुन प्रधानमन्त्रीले निर्देशित गरिसकेको बताइन्छ । यसको स्वतन्त्र पुष्टि भने वालुवाटार र सिंहदरवारबाट भैसकेको छैन । तर सार्वजनिक समाचारको कही कतैबाट खण्डन नगरिएका कारण यो सत्य हुन सक्ने आँकलन छ ।

उता आफ्नो सचिवालय र सल्लाहकार मात्रै होइन, मन्त्रीमण्डल समेत पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले समकक्षी अर्का अध्यक्ष प्रचण्डसँग घण्टौंका वार्ताहरु जारी राखेका समाचार विवरणहरु पनि आएका छन् ।

पुरै मन्त्रीहरुको टीम नै फेर्ने की, कार्यसम्पादनमा कमजोर देखिएकाहरुको मात्रै फेरबदल गर्ने भन्नेमा प्रधानमन्त्री र प्रच्ण्डको छलफल केन्द्रित रहेको तर मन्त्रीमण्डल पनि उपचुनाव मंसिर १४ लगत्तै फेर्न तयारी तीव्र रहेको जनाइएको छ ।

यसरी प्रधानमन्त्री फटाफट कामको गति बढाईरहेका छन् पार्टीभित्रदेखि सरकारसम्ममा । कात्तिक दोस्रो र तेस्रो सातामा प्रधानमन्त्रीको स्वास्थ्य नै मिडियाको मुख्य हेडलाइन र आम जनताको मुख्य चासोका विषय बने । कारण अचानक अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको डायलासिस गर्नु परेको थियो, त्यो पनि दुई दिन ।

पुरै मन्त्रीहरुको टीम नै फेर्ने की, कार्यसम्पादनमा कमजोर देखिएकाहरुको मात्रै फेरबदल गर्ने भन्नेमा प्रधानमन्त्री र प्रच्ण्डको छलफल केन्द्रित रहेको तर मन्त्रीमण्डल पनि उपचुनाव मंसिर १४ लगत्तै फेर्न तयारी तीव्र रहेको जनाइएको छ ।

तर पनि स्वास्थ्यमा अचानक देखिएको समस्याका कारण गत मंगलवार अस्पताल भर्ना भएर बिहीबार राति डिस्चार्ज हुँदै गर्दा प्रधानमन्त्री केपी ओलीले आफू ठीक रहेको प्रतिक्रिया दिए । समर्थकहरुलाई हात हल्लाएर अभिवादन गर्दै गाडी चढेर सरकारी निवास पुगेका प्रधानमन्त्री ओलीले शनिवार पार्टीको सचिवालय वैठकमा आफै आफ्नो स्वास्थ्यबारे व्रिफिङ गर्नदेखि सबै काम भ्याएका थिए ।

बाहिर बेजोड वील पावर दर्शाउँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य समस्यालाई ओझेल पार्ने प्रयास गर्दै आएका छन् । उनका वाणीले उनी तन्दुरुस्त रहेको जनाउँछ, जबकि मेडिकल्ली उनी कडा क्लिनिकल अव्जरभेसनमा बस्नुपर्ने वाध्यात्मक अवस्थामा रहेको तथ्य उनका पछिल्ला स्वास्थ्य रिपोर्टहरुले देखाउँछन् ।

मंगलबार र बुधबार ग्राण्डी अस्पतालमा उनले डायलासिस गराउनु पर्ने जुन अवस्था आई्लाग्यो, त्यो उनको कमजोर स्वास्थ्यको कारण नै थियो । तर त्यसयताका उनको सक्रियाता र निर्णयहरु हेर्दा उनले आफू बिरामी नरहेको सन्देश प्रवाह गर्ने पुरा कोशिस गरेका छन् ।

१२ वर्षअघि ट्रान्सप्लान्ट गरिएको मृगौलाले काम गर्न छाडेर स्वास्थ्य समस्या नयाँ रुपमा बल्झिएको कुरा स्वयम् ओलीले अघिल्लो शनिबारको पार्टी वैठकमा राखेका थिए । वयोवृद्ध उमेरमा रहेका प्रधानमन्त्री ओलीले अब या त नियमित डायलासिस विधि अपनाउनु वा पुनः मृगौला ट्रान्सप्लान्ट गर्नु नै आफ्नो स्वास्थ्य सहज पार्ने उपायहरु हुन् । स्वाभाविक छ, यसबेला उनलाई धेरै आरामको जरुरत छ । दुबै विकल्पमा उनले आफ्ना सहयोगीहरुलाई सक्रिय पारेको पनि समाचारहरु छन् ।

कुनै न कुनै नयाँ उपचार विधि तत्काल सुरु नगरे प्रधानमन्त्रीको जीवनमा गम्भीर दख्खल पर्ने कुरालाई खयलमा राखेर उनले सहयोगीहरु मार्फत थप उपचारका विकल्पहरु खोजीरहेको बताइन्छ ।

नियमित डायलासिसका लागि अस्पताल धाउन पनि गाह्रो हुने भएकाले सरकारी निवास वालुवाटारमा नै स्वास्थ्य उपचार युनिट खडा गरी डायलासिस तथा अन्य उपचार विधि अपनाउने भन्नेबारे पनि प्रधानमन्त्रीको सचिवालयमा छलफल हुँदै आएका समाचार विवरणहरु सार्वजनिक भइसकेका छन् । कुनै न कुनै नयाँ उपचार विधि तत्काल सुरु नगरे प्रधानमन्त्रीको जीवनमा गम्भीर दख्खल पर्ने कुरालाई खयलमा राखेर उनले सहयोगीहरु मार्फत थप उपचारका विकल्पहरु खोजीरहेको बताइन्छ ।

सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष, कार्यकारी प्रधानमन्त्री तथा नेपाली जनतालाई धेरै भन्दा धेरै सपना बाँडेर आशा र भरोशाको सञ्चार गराउन सफल ओलीलाई यसरी शरीरले आराम र जिम्मेवारीले बढी सक्रिय हुने दबाब सिर्जना गरिरहेको अवस्था छ ।

दुई दिन अस्पताल बसेर डायलासिस गराएर फर्केपछि पनि प्रधानमन्त्रीले आफ्नो कामको रफ्तारमा कुनै कमी ल्याएका छैनन्, बरु फटाफट कामका गतिहरु बढाएका छन् । तुलनात्मक रुपमा पहिले भन्दा डायलासिस गरेपछि प्रधानमन्त्री एक्सनमा बढी सक्रिय छन् ।

अघिल्लो आइतबार उनले मन्त्रीपरिषदको वैठक राखेर २० महिना पहिले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले नियुक्त गरेका सात प्रदेशका प्रमुखहरुलाई पदमुक्त गराउने निर्णय गरे ।

त्रिविमा उपकुलपति चयनदेखि मेडिकल काउन्सिलमा नेतृत्व चयनसम्मका काम मन्त्रिपरिषद वैठकबाट गराए । अघिल्लो सोमबारै पनि मन्त्रिपरिषदको वैठक राखेर प्रधानमन्त्री ओलीले आफू क्रियाशील रहेको पुष्टि गरे । उनका यी र यस्ता फटाफट निर्णय लिने शैलीले उनलाई काम गर्ने जाँगर अझै उत्तिकै रहेको पुष्टि गर्छन् ।

तर पनि प्रश्न फेरि पनि स्वाभाविक रुपमा उही उठिरहेको छ, के यो प्रधानमन्त्रीले यसरी धपेडीमा रहेर काम गर्ने बेला हो त ? देशका कार्यकारी सरकार प्रमुखलाई मनमा काम गर्ने र गरिरहने हुटहुटी हुनुलाई अस्वाभाविक मान्न सकिन्न ।

त्यसमा पनि बिक्रम सम्वत ३० को दशकको रक्तरंजित झापा विद्रोहको जगबाट उदाएर दुई तिहाईको बहुमतका साथ सिंहदरबारमा पुगेका ओलीलाई अहिले कामको चटारो र हतारो हुनु झन् स्वाभाविक छ ।

त्यसमा पनि बिक्रम सम्वत ३० को दशकको रक्तरंजित झापा विद्रोहको जगबाट उदाएर दुई तिहाईको बहुमतका साथ सिंहदरबारमा पुगेका ओलीलाई अहिले कामको चटारो र हतारो हुनु झन् स्वाभाविक छ । जनतालाई बाँडेका सपना र आफ्नो संघर्षकालीन जीवनमा बुनेका परिवर्तनका हर एजेण्डा पूरा गर्ने यो नै अन्तिम स्वर्ण कालखण्ड रहेको तथ्य पनि ओली जत्तिका कडा स्मरण शक्ति भएका नेतालाई पक्कै छ ।

त्यसैले पनि उनी आफैमाथि दिनदिनै प्रतिकुल रुपमा हाबी हुदै गएको स्वास्थ्यलाई समेत नजरअन्दाज गर्दै काममा नै आफूलाई व्यस्त राखिरहेका छन् । काम गर्ने प्रधानमन्त्रीको इच्छाशक्ति प्रशंसनीय हुँदाहँुदै पनि उनको कमजोर शरीरलाई आराम र सुविस्ता चाहिएको पनि उत्तिकै अकाट्य सत्य हो ।

त्यसकारण अब प्रधानमन्त्रीलाई दैनिक कामको बोझबाट क्रमशः छुट्कारा दिने वा सक्रिय दैनिकीबाट निश्चित जिम्मेवारीमा मात्रै सीमित गर्नेतर्फ प्रथमतः स्वयम् ओलीले र पार्टी नेतृत्व समेत समुचित निर्णय लिन बेला आएको छ ।

देशको वर्तमान परिवर्तनमा आफ्नै खालको संघर्ष, योगदान र नेतृत्व दिएका ओलीले अझै धेरै कामकाजी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बन्न देखाएको इच्छाप्रति नतमस्तक हुँदाहुँदै पनि उनको शरीरले प्राकृतिक रुपमा खोजेको बिश्रामका लागि ओली स्वयम् र पार्टीले उचित निर्णय लिनु अब निर्विकल्प प्रायः छ ।

यस पृष्ठभूमिमा पार्टी अध्यक्ष तथा सरकार प्रमुखको दोहोरो कार्यकारी जिम्मेवारीको अब पनि भारी बोकाउनु उनको बिरामी शरीरमाथिको एक प्रकारको अन्याय र ज्यादत्ति नै हुन जान्छ ।

यो ओली नेतृत्वको सरकारप्रतिको वितृष्णा होइन कि प्रधानमन्त्रीले देखेको देशको मुहार फेर्ने तृष्णाको निरन्तरता र सफलताका लागि अवलम्वन गर्नुपर्ने नयाँ विकल्पको बाटो हो ।सम्भव भएसम्म स्वदेशमा नै नभए विदेशमा नै गएर भए पनि उनले पहिले आफ्नो जीवन बचाउनु पर्छ ।

पार्टीको जिम्मेवारी अन्य सहकर्मीहरुलाई हस्तान्तरण गरेर उनले आराम लिन सक्दा पार्टी र सरकारको साख पनि जनता सामु मर्ने छैन भने दिन दिनको धपेडीबाट प्रधानमन्त्रीको ज्यानलाई पनि केही राहत हुनेछ । र, अन्ततोगत्वा ओलीका हर सपना पूरा गर्ने वातावरण झन् सहज हुन जान्छ ।

प्रधानमन्त्रीको पनि पञ्चतत्वले बनेको मानव जीवन नै हो । त्यसमा पनि प्रत्यारोपित मृगौलाको सहारामा बाँचेको उनको शरीरले पार्टीलाई दुई तिहाई बहुमतको सरकार सञ्चालनको बिन्दुमा पुर्याएको पनि दुई साल हुन लागिसकेको छ ।

वाम एकताको नयाँ युग, वाम सत्ताको नयाँ उदाहरण ओलीकै नेतृत्वमा देशले पाइसकेको छ । आम जनताले अनुभूत गर्ने बग्रेल्ती कामहरु भइनसकेका भए पनि बितेका सरकारहरु भन्दा वर्तमान ओली सरकार तुलनात्मक रुपमा जनप्रेमी र कामकाजी बन्दै गएको धरातलीय यथार्थ हो ।

यस पृष्ठभूमिमा पार्टी अध्यक्ष तथा सरकार प्रमुखको दोहोरो कार्यकारी जिम्मेवारीको अब पनि भारी बोकाउनु उनको बिरामी शरीरमाथिको एक प्रकारको अन्याय र ज्यादत्ति नै हुन जान्छ ।

प्रधानमन्त्री ओलीका आफन्त, हितैषी तथा समर्थकहरुले अब उनको काँधबाट भार कम गराउन नै सुझाउनु र उत्प्रेरित गर्नु नै उनीप्रतिको सच्चा माया र सम्मान हुनेछ । तर के प्रधानमन्त्री ओली आफ्नो ज्यानलाई आराम दिन स्वयम् सहमत होलान त ? मुख्य निर्णय भने स्वयम् उनकै हातमा छ ।

उनले अब सरकारका मन्त्री, सहयोगी वा अन्य कुराहरु बदलेर कामको चाप कम गर्ने भन्दा पनि आफै आराम गर्ने र ज्यानलाई सञ्चो बनाउनेतिर ध्यान दिए उनको शरीरप्रति उनैले न्याय गरेको ठहरथ्यो की ?

एक वारको जुनीमा प्रधनमन्त्रीले दिन सक्ने जति कुरा देशलाई दिईसकेका छन् । उनले पार्टीलाई करीब दुईतिहाईको भारी बहुमत दिलाए । सरकार पनि करीब दुई वर्ष नै चलाए । नीति, विधि र थितिमा मुलुकलाई डोरयाउन पजि कोशिस गरे ।

भलै त्यो लामो प्रक्रियामा आशातित सफलताहरु हात नलागेका हुन सक्छन् । उनले अब सरकारका मन्त्री, सहयोगी वा अन्य कुराहरु बदलेर कामको चाप कम गर्ने भन्दा पनि आफै आराम गर्ने र ज्यानलाई सञ्चो बनाउनेतिर ध्यान दिए उनको शरीरप्रति उनैले न्याय गरेको ठहरथ्यो की ?

पार्टीले उनलाई आराम गर्न निर्देशित गर्न नसक्ने, उनी स्वयं जिम्मेवारी मुक्त हुन नसक्ने तर उनको शरीरले आराम बढी खोज्ने विरोधाभाषमा प्रधानमन्त्री स्वयंले नै अग्रसरता लिएर समुचित निर्णय लिएमा प्रधानमन्त्रीकै भलो हुन्थ्यो की ? प्रधानमन्त्रीको सुस्वाथ्य नै सबैको कामना पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय