एसिक्सको लरी घटनाले भियतनाममा निम्त्याएको पीडा



जोनाथन हेड
बीबीसी दक्षिणपूर्वी एसिया सम्वाददाता ।

ले भन हाको मामुली घरभित्र कहालीलाग्दो निराशा छ। एसिक्समा ३९ जनाको शव फेला परेको कन्टेनरभित्र उनी पनि थिए कि शङ्कामा उनको परिवार पुगेको छ।

उनकी हजुरआमा हातले मुख छोपेर कतै पर एकोहोरो हेरिरहन्छिन्। उनकी श्रीमती मौन छिन्। खाना खान गरिएको अनुनय अस्वीकार गर्छिन्।

उनका पिता ले मिङ टन निराशामा नातिलाई अङ्गालो मार्छन् र रुन्छन्। ले भान हाको पीडादायी अन्त्य नहुँदासम्म उनी भियतनामको एउटा गरिब कृषि क्षेत्रका एकजना साधारण मानिस थिए।

अन्य हजारौँ भियतनामीजस्तै उनी पनि राम्रो आम्दानी हुने काम पाउने आशामा तीन महिनाअघि युरोप गएका थिए। त्यतिबेला उनका दोस्रो छोरा जन्मिने बेला थियो।

परिवारले घर बनाउनका लागि ऋण लिएको थियो र युरोप जानका लागि पनि मानवतस्करहरूलाई करिब २० हजार पाउण्डको ठूलो धनराशी बुझाएको थियो।

त्यो पैसा जोहो गर्न ले मिङ टनले आफ्नो दुई जग्गा नै बन्धक राख्नु परेको थियो। ले भान हाले राम्रो जागीर पाएर ऋण तिर्नका लागि जोगाउँछन् भन्नेमा सबै विश्वस्त थिए। तर उनीहरूको संसार तहसनहस भयो।

३० वर्षीया छोरा ले मिङ टनका बुवालाई संयुक्त अधिराज्यको एसिक्समा लरीमा भेटिएका ३९ जनाको शवमा आफ्ना छोरा पनि भएको आशङ्का छ

“उनले ठूलो ऋणमा हामीलाई छोडेका छन्,” ले मिङ टनले भने। “मलाई थाहा छैन हामीले कहिले त्यो तिर्न सक्छौँ। म अब बुढो भएँ, मेरो स्वास्थ्य कमजोर छ र मैले उसका सन्तान हुर्काउन मद्दत गर्नुपर्नेछ।”

ले मिङ टन आफ्ना छोरा मरेको विश्वासमा छन्। छोराले यूके जानुअघि उनले फेसबुकमा एउटा सानो सन्देश पठाएका थिए। उक्त कन्टेनरमा मारिने भियतनामीहरू एन टान क्षेत्रकै भएको ठानिएको छ।

बुई थु नुङ्ग

ङे आन प्रान्तको एउटा घरमा छिमेकीहरू आवतजावत छ। उनीहरू तस्बिर लिएर प्रार्थना गरिरेको छन्। हँसिलो अनुहार भएकी १९ वर्षीय बुई थी नुङ्गको तस्बिर उनको घरमा पूजा गर्ने ठाउँमा छ।

उनी शव भेटिएको कन्टेनरमा नहोउन भनेर उनका परिवार प्रार्थना गरिरहेका छ। उनकी बहिनी बुई थी लोनले २१ अक्टोबरमा एउटा छोटो सन्देश पठाएको बताएकी छन् जहाँ नुङ्गले आफू ‘भण्डार कोठा’मा रहेको उल्लेख गरेकी थिइन्।

“अहिलेसम्म पुष्टि भएको छैन,” उनले भनिन्। “अहिलेसम्म इन्टरनेट र सामाजिक सञ्जालमा मात्रै खबर आएकोले हामीलाई अझै पनि आशा छ।”

“त्यतिबेला तीनवटा लरीहरू यूके गइरहेका हामीलाई जानकारी थियो। हामीलाई आशा छ कि केही जादु भएर उनी अर्को लरीमा थिइन्।”

युरोप जानका लागि पनि उनलाई धेरै साथीले मद्दत गरेका थिए। उनलाई युरोप पठाउनका लागि परिवारले केही बेच्न वा बन्धकमा राख्नुपरेको थिएन।

उनीहरू अहिले राम्रो समाचारको आशा गरिरहेका छन्। केही नराम्रै भएको रहेछ भने पनि उनको शरीर भियतनाम ल्याउनका लागि मद्दत मिलोस् भन्ने चाहिरहेका छन्।

भियतनामको यो ग्रामीण क्षेत्रमा नयाँ बनेका घरहरूले यो क्षेत्रबाट विदेशमा कमाउन जानेले जोगाएर बनाएको भन्ने प्रमाण हो।

पैसा कमाउन जानका लागि यूके रुचाइएको गन्तव्य हो।

केही रुस र रोमानिया जस्ता देशमा पनि काम गरेका छन्। तर उनीहरूका अनुसार ती देशमा राम्रो आम्दानी हुने काम पाउन एकदमै गाह्रो छ।

बन्दै गरेको घर छेउमा उभिरहेकी एक महिला

उनीहरूका अनुसार फ्रान्समा पनि गैरकानूनी हैसियतका कारण निरन्तर रुपमा प्रहरीको दुर्व्यवहार झेलिरहनुपर्छ। तर यूकेमा भियतनामी समुदाय छन् र त्यहाँ रेस्टुरेन्ट र कृषि क्षेत्रमा रोजगारी पाइन्छ।

उनीहरू विश्वव्यापी सञ्जालको हिस्सा रहेका दलालमार्फत् प्रक्रिया सुरु गर्छन् र उनीहरूले ठूलो धनराशी लिएर मानिसहरूलाई अवैध रुपमा सीमा कटाउन मद्दत गर्छन्।

उनीहरूले लिने रकम भने १० देखि ३० हजार पाउण्डसम्म हुन्छ। धेरैजसो भियतनामी चीन हुँदै देश छोड्छन्। तर उनीहरूलाई यूके प्रवेश गर्ने समयमा जति नै शुल्क तिरिएको भए पनि कन्टेनरबाट तस्करी गरिन्छ।

एसिक्समा भएको वियोगान्त घटनापछि भियतनामका प्रधानमन्त्रीले तस्करहरूको सञ्जालबारे अनुसन्धान गर्ने भनेका छन्। तर तस्करी लामो समयदेखिको गम्भीर समस्या हो जसमा धेरैजसो महिला र बालबालिका पनि संलग्न हुन्छन्।

सरकारले तस्करीको समस्यासँग जु्झ्नका लागि जस्तोसुकै उपाय अपनाए पनि यो नाफा हुने व्यापार बनेको छ जुन भियतनाममा अझै फस्टाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन