कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै हानिकारक



पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।

सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ-आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन्।

प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो – कपडा वा कागजको झोला।

तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो? जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छ: “ती सबै पर्यावरणका लागि खराब छन्।”

विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन्। पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ।

वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ। तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ।

सन् २०११ उत्तरी आयरल्याण्डको संसद्‍को एउटा अध्ययनका अनुसार “कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ।”

उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ।

कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ। कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ।

नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्: “कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ। तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ।”

सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो।

सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो। च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ।

तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ। प्राध्यापक बेट्स भन्छन्: “जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो।”

बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु, एक्जीम बैंकको लगानी

काठमाडौं। मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ

४२ मेगावाटको साञ्जेनको विद्युत् जोडियो राष्ट्रिय प्रणालीमा

काठमाडौं  । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको

काठमाडौं महानगरभित्र अधिकांश पसल नियम विपरीत संचालन

काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)ले ४९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन

प्रधानमन्त्री ओलीसँग अमेरिकी खर्बपति एलन मस्कको भर्चुअल संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल