‘कुमार पौडेलको भिडन्तमा नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या’



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीसँगको भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको ठहर गरेको छ ।

आयोगका प्रवक्ता एवं सचिव बेद भट्टराईले अनुसन्धानबाट पौडेलको मृत्यु प्रहरीसँगको भिडन्तमा नभएर एकपक्षीय बल प्रयोगबाट भएको पाइएको बताएका हुन् । आयोगले उक्त घटनाबारे लामो अनुसन्धान गरेको थियो ।

लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारेको आयोगले पौडेलको प्रहरीबाट गैरन्यायिक हत्या भएको ठहर गरेको हो । आयोगको सोमबार बसेको बैठकले उक्त ठहर गरेको जनाउँदै भट्टराईले प्रहरी र अनुसन्धान अधिकारीविरुद्ध मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् ।

पौडेल मृत्यु प्रहरीसँगको भिडन्तमा सर्लाहीको लालबन्दीमा मृत्यु भएको दाबी सरकाले गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले पनि पौडेलको भिडन्तमै ज्यान गएको र उनको साथबाट हतियार पनि बरामद भएको जिकिर गरेका थिए ।

पौडेलको असार ५ गते दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरीले हानेको गोली लागेर मृत्यु भएको हो। उनलाई गोली हानिनुअघि प्रहरीले चरम शारीरिक यातना दिएको कुरा यसअघि नै सार्वजनिक भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका