चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने



चितवन । चितवन जिल्लाका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपिभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनले बुधबार यहाँ अन्तक्र्रिया आयोजना गरी चार सय ३३ खोप केन्द्रबाट माघ २२ देखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार ती खोप केन्द्रमा चार सय ५५ स्वास्थ्यकर्मी र नौ सय १० स्वयंसेवक परिचालन गरिने छ । सबै स्थानीय तहहरूले एक हप्ता खोप अभियान सञ्चालन गर्ने छन् भने भरतपुर महानगरपालिकाले १० दिन सञ्चालन गर्ने छ ।

विद्यालयमा रहेका किशोरीलाई विद्यालयमानै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उनले बताए ।

नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । यस खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइने कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिए।

उनका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पुर्‍याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरू गरेको हो । अभियानका क्रममा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीलाई खोप लगाउन लागिएको उनले जानकारी दिए ।

यो खोप नेपालमा आर्थिक वर्ष २०७२/७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी

काभ्रेका केही किशोरीले लगाउन मानेनन् ‘एचपिभी’ खोप

काभ्रे । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी