क्यान्सरविरूद्धको थप पाँच लाख डोज खोप ल्याइयो



काठमाडौंँ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ।

सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ। उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ। यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए।

‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ।

पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसकोविरूद्ध खोप लगाउनुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब

मदिरा सेवन क्यान्सरको कारक

  वासिङटन । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले मदिराजन्य पेय पदार्थले क्यान्सर

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री