‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’



नारायणगढ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताएका छन् ।

मन्त्री पौडेलले बुधबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तरक्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताएका हुन् ।

अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुनेहुँदा सेवाग्राहीलाई पनि सजिलो हुने धारणा व्यक्त गरे ।

अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको मन्त्री पौडेलले जानकारी दिए। उनले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिनेगरी टाँस गर्नुपर्ने भन्दै सेवाग्राहीले औषधि किन्दा मूल्य हेरेर किन्ने अवस्था हुनुपर्ने बताए । देशका सबै सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउनेगरी काम गर्दै आएको उनको भनाइ थियो ।

मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएका सन्दर्भमा तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको भन्दै र यसका लागि जनशक्तिको व्यवस्थापनमा आफूहरू लागेको उल्लेख गरे। उनले भएका जनशक्तिको परिचालन गरेर धेरै सेवा दिनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्रै हुनपर्ने भन्दै उनले अस्पतालले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ गर्न नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका

चितवन जिल्लामा डेङ्गी सङ्क्रमण घट्दो क्रममा

  चितवन । चितवन जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा

विशेषज्ञ अभावमा हेटौंडा अस्पतालमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

हेटौंडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको