पर्साको पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै



पर्सा। सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शै्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शै्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।

वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सेवा ऐन ल्याउने सरकारको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको

प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

जलेश्वर। मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण

जटिल रोग लागेकालाई लुम्बिनी सरकारले दुई लाख सहयोग गर्ने

लुम्बिनी । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन

जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा

तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका