मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत



बागमती । मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ ।

तीव्र रुपमा बढेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढेकाले पनि खोप लगाउने बालबालिकाको सङ्ख्या बढेको उनले बताए ।

जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस (जेरी) खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ । आव २०८०/८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ । सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८१ प्रतिशतमा झरेको छ ।

यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताए ।

बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा । धार्चे गाउँपालिका-२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले