बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने



 

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् ।

बुधबार पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले  एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री थापाले भने, ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई  ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।’

उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि  ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताए ।

त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।’

भक्तपुर क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै टेकु​स्थित बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं ।  फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै टेकु​स्थित बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरपालिकाले एक

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका

म्याग्दीका ६ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन्

देशभर १९ हजार डेङ्गु सङ्क्रमित

  काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग