तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा



दमौली । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयद्वारा मंगलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।

जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी

नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

पाटन (ललितपुर) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न

कैलालीमा कोरोनाविरुद्ध खोप लगाइँदै

सुदूरपश्चिम  । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले