पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा



 

वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालवालिकाहरुले पूर्ण रुपमा लिएको सुनिश्चितता गरेसँगै घोषणा गरिएको हो ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले विहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरेका थिए ।

उनले पूर्णखोप युक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद  सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने अभियान २०७४–सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियोे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालबालिकाले पूर्ण रुपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए ।

‘‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुपर्यो । सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो’’, उनले भने, ‘‘मधेस प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न चार जिल्ला मात्रै थियो । आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौँ ।’’

पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर, पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो ।

मधेस प्रदेशका धनुषा, रौतहट र महोत्तरी जिल्लालाई अझै पनि पूर्ण खोप जिल्ला घोषणा गर्नै बाँकी छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादवले मधेश प्रदेशमा पूर्ण खोप घोषणा गर्न चार जिल्ला बाँकी रहेकोमध्ये पर्साले पूर्ण खोप जिल्ला घोषणा गरेर सकारात्मक सुरुवात गरेको बताए । ‘‘पर्सा जिल्ला आजबाट पूर्णखोप जिल्ला घोषणा भएको छ । पक्कै पनि यसले सबै ठाउँमा सकारात्मक सन्देश दिने काम गरेको छ । यो धेरै खुसीको कुरा हो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मसलेदार खाना खानुका फाइदा छन् ?

खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ

छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको