कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा नसर्ने रोगसम्बन्धी परियोजना सुरु



 

काठमाडौँ  ।  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।

विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले परियोजना सुरु गरेको हो ।

सोसाइटीद्वारा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विपद्का बेलामा आकस्मिक सेवालाई मात्रै प्राथमिकता दिइने र नसर्ने रोगहरूलाई महत्व नदिइने गरेको सन्दर्भमा जाजरकोट भूकम्पमा भने यी दुवै विषयलाई सँगसँगै लगिएको बताए ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका डा समिर अधिकारीले मानसिक स्वास्थ्य र नसर्ने रोगहरू नेपालका लागि समस्याका रूपमा रहेको बताए।

डेनिस रेडक्रसका ‘कन्ट्री क्लस्टर’ प्रतिनिधि डेभिड फोगडेन र डेनिस रेडक्रस कन्सुलेट कार्यालयका हरि धरेलले परियोजनाको सफल कार्यान्वयका लागि शुभकामना व्यक्त गरेका थिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमाल र विश्वस्वास्थ्य संगठनका प्रतिनिधि डा ग्याम्पो दोर्जीले नेपालमा नसर्ने रोगहरूको अवस्था र जोखिमका तत्वहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका डा रइस पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ, कञ्चनपुर जनस्वास्थ्य कार्यालयका सिद्धराज भट्ट, काठमाडौं विश्वविद्यालयका बन्दना पनेरु, नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक स्वेता कोइरालालगायतले नसर्ने रोगहरूको अवस्था र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्रा सुदर्शन नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले नसर्ने रोगहरूसम्बन्धी यस नवीनतम् परियोजनाको शुभारम्भ आफैँमा महत्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई