दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालन



खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ ।

प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

“अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृतसहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ”, उनले भने, “अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेछन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना छ ।”

आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ ।

चिकित्सक डा मन्दीप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरे । उनले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे ।

आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको