चरम गर्मीमा काम गर्ने महिलाहरूमा बच्चा खेर जाने जोखिम दोब्बर हुने



बीबीसी । भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुन्छ ।

उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता लगाएको हो । अध्ययनकर्ताहरूले ज्यादा गर्मी हुने ग्रीष्म ऋतुले उष्ण मौसम हुने क्षेत्रमा मात्रै नभई बेलायतजस्ता देशमा पनि त्यस्तो हुने बताएका छन् । गर्भवती कामकाजी महिलाका लागि विशेष स्वास्थ्य सल्लाह विश्वभरि नै आवश्यक पर्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।

अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका आठसय गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो ।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्न जानुपर्थ्यो । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे । मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन ।

यो रिपोर्ट तयार गर्दा गर्मी महिना सुरु भइसकेको थिएन र पनि तापक्रम भने करिब ३० डिग्री थियो र एकदमै गर्मी भइरहेको थियो । यो अध्ययनका लागि सहभागीमध्ये सुमथी पहिलो लटमा लिइएकी हुन् । अध्ययनको सुरुकै चरणमा आफ्नो बच्चा पनि उनैले गुमाइन् ।

बेलायतमा काम गर्ने प्रसूति रोग विशेषज्ञ तथा द जोर्ज इन्स्टिट्यूट मा ग्लोबल वीमिन हेल्थका प्राध्यापक रहेका हर्स्ट भारतका यी गर्भवती महिलाहरू वास्तवमै जलवायु परिवर्तनको असर सामना गर्ने अग्रपङ्कतिमा रहेको बताउँछिन् । यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको औसत तापक्रम औद्योगिक समयभन्दा अगाडिको तुलनामा झन्डै तीन डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्भवती महिलाहरूले “केही घातक असरहरू“को सामना गरिरहँदा त्यसले ‘हामी सबैका लागि अस्तित्वको खतरा’ भएको भन्दै चेतावनी दिएको छ ।

विगतका अध्ययनहरूले उष्ण लहरका बेला समय अगावै बच्चा जन्मिने वा गर्भमै बच्चाको मृत्यु हुने जोखिम करिब १५ प्रतिशत रहेको देखाएको थियो। तर यस्ता अध्ययनहरू धेरै आय हुने अमेरिका र अस्ट्रेलियाजस्ता देशहरूमा गरिएको थियो। भारतले गरेको पछिल्ला अध्ययन भने खासगरी बढी चिन्ताजनक रहेको र त्यसो व्यापक असर हुने प्राध्यापक हर्स्ट बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली । भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

सिरियाका अन्तरिम राष्ट्रपति साउदी अरब भ्रमणमा

दमास्कस । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल–शराले

ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान ‘गहिरो चिन्तामा’

  टोकियो । जापानका अर्थमन्त्री कात्सुनोबु कातोले आइतबार प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको