सङ्क्रमित कोषबाट एचआईभी हटाउन सकिने प्रविधिको विकास



बीबीसी । वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट उक्त भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीबाट मुक्त गर्न उनीहरूले ‘क्रिस्पर’ जीन सम्पादन विधि प्रयोग गरेका हुन् ।

नोबेल पुरस्कार हात पारेको उक्त विधिले सूक्ष्म तहमा कैँचीले जसरी काम गर्छ। जीन सम्पादन गर्दा डीएनए काट्न मिल्छ अनि डीएनएमा भएको विकृत भागलाई हटाउन वा निष्क्रिय पार्न सकिन्छ । पूरा शरीरलाई एचआईभीमुक्त पार्न सकिने आशामा वैज्ञानिकहरू छन्। यद्यपि त्यसो गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी छ ।

अहिले उपलब्ध औषधिहरूले एचआईभीको वृद्धिलाई रोकिदिन सक्छन्। तर तिनले उक्त भाइरसलाई निमिट्यान्न पार्न सक्दैनन् । यूनिभर्सिटी अफ एम्स्टर्ड्यामका वैज्ञानिकहरूले यसबारे अनुसन्धान गरेका हुन्।

उक्त टोलीले यो साता आयोजित एउटा मेडिकल सम्मेलनमा प्रारम्भिक नतिजाहरूको सारांश प्रस्तुत गर्दै आफ्नो शोध केवल थालनी भएको र त्यो तत्काल एचआईभीको उपचार नबन्ने स्पष्ट पारेका छन् ।

स्टेम सेल र जीन थेरपीका विज्ञ तथा यूनिभर्सिटी अफ नटिङ्गमका सहप्राध्यापक डा जेम्स डिक्सन पनि त्यसमा सहमत छन्। उनका अनुसार पूरा नतिजाको समेत परीक्षण हुनुपर्छ । भविष्यमा उपचारविधि बनाउने हो भने कोषमा गरिने यस्ता परीक्षणको नतिजा पूरै शरीरमा पनि आउँछ भन्ने देखाउने गरी धेरै काम गर्नुपर्ने उनले बताए ।

अरू वैज्ञानिकहरूले पनि एचआईभीविरुद्ध क्रिस्पर विधि प्रयोग गर्न खोजेका छन् । एक्सिजन बायोथेरप्यूटिक्सले आफ्नो परीक्षणमा सहभागी भएका एचआईभी सङ्क्रमित तीन स्वयंसेवकमा ४८ सातापछि कुनै गम्भीर दुष्प्रभाव नदेखिएको बताएको छ । तर लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिट्यूटमा कार्यरत भाइरसविज्ञ डा जोनाथन स्टोय शरीरमा भएका सबै कोषबाट भाइरस हटाउनु निकै चुनौतीपूर्ण भएको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण

टोकियो । जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली । भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

सिरियाका अन्तरिम राष्ट्रपति साउदी अरब भ्रमणमा

दमास्कस । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल–शराले