स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास



 

काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले सोमबार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगले  नै खरिद गर्ने तयारीमा रहेको बताए ।

उनले स्वदेशमा नै उत्पादन हुने औषधि सरकारले खरिद गर्न सके नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । “सरकारले ९८ किसिमका औषधि निःशुल्क दिइरहेको छ । हामीबीच खाडल र केही सर्तले ति औषधि खरिद गर्न समस्या भएको छ,” उनले भने, “अब ती खाडल र सर्तका गाठो फुकाएर ९८ प्रकारका औषधि स्वदेशी औषधि उद्योगले उत्पादन गर्ने तयारीमा रहेका छौं ।”

मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटाले औषधिको चुहावट रोकेर मूल्यमा समायोजन गर्ने बताए । “कच्चापदार्थ र प्रविधि र उपकरणबाहिर बाट ल्याउनु परेको छ । थोरै नाफामा औषधि उत्पादन गरिरहनुभएको छ,” उनले भने, “हामीले औषधिको मूल्य बढाउन नसक्दा औषधि उद्योगले घाटा व्यहोरिरहेका छन् । अब वैज्ञानिक रुपमा मूल्य समायोजन गर्नुपर्दछ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रयास गर्दा पनि औषधिको समायोजन नभएको भन्दै अब चाँडै नै औषधिको मूल्य समायोजन गरिने बताए । उनले नयाँ बन्ने औषधि ऐनमा मूल्य समिति गठन गरेर समायोजनको व्यवस्था हुने बताए । “औषधिको मूल्य सधैँ एउटै हुनुहुन्न । समायोजन समयमा नै हुनुपर्दछ । औषधिको मूल्य समायोजन गरेनौँ भने औषधि उद्योगलाई समस्या पर्दछ,” उनले भने, “ऐनमा रहेको समितिले नै आवश्यक औषधिको  मूल्य समायोजन गर्छ ।”

नेपाल औषधि उत्पादन सङ्घका अध्यक्ष महेश प्रधानले विश्वासमा सबैभन्दा सस्तो दरमा नेपालमा औषधि बिक्री गर्नुपरेको भन्दै मूल्य समायोजन हुनपर्ने बताए । उनले अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वदेश औषधिको पनि मूल्य समायोजन गरिनुपर्ने बताए ।

उनले २०६२ सालमा केही औषधिको मूल्य समायोजन भएको भन्दै नयाँ बन्ने औषधि ऐनले औषधिको मूल्य समायोजन गर्नुपर्ने बताए । उनले नेपालमा बनेका औषधि नेपाली जनतालाई खुवाउन आफूहरु तयार रहेको बताए । उनले मूल्य समायोजन नहुँदा र एकरुपता औषधि उत्पादन गर्दा उद्योगी समस्यामा पर्दै गएको बताए । उनले नेपालमा उत्पादन भएका औषधि भएसम्म बाहिरका औषधि खरिद नगरिदिने हो भने आत्मनिर्भर हुने बताए ।

आयुर्वेदिक औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदनशील रहेकाले  बिरामीसमक्ष गुणस्तरीय औषधि पुर्याउने गरेको बताए । “सरकारले बनाएको मापदण्ड पूरा गरेर नै हामीले बिरामीसम्म गुणस्तरीय औषधि पुर्याएका छौँ,”उनले भने, “हामीसँग केही सानातिना कमजोरीबाहेक ठूलो कमजोरी छैन ।” उनले सरकारसँग गुणस्तर जडीबुटी रहे पनि तर ती गुणस्तर जडीबुटी सरकाले उपलब्ध गराउने नसकेको बताए ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले औषधिका लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए । औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्यले औषधिको गुणस्तर कायम राखेर  स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला