भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए ।

भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पताल १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष (३ मोडुलर, १ सेप्टिक ओ.टी) र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ । भवनको सुरक्षाको लागि इलेक्ट्रिक अर्थिङको साथै अग्नि शमन यन्त्रको व्यवस्था गरिएको छ ।

उपकरणसहित भवनको सबै काम गरेर २० करोड १५ लाख २२ हजार ६२१ रुपैयाँ ४३ पैसा लागत लाग्ने अनुमान रहेको नेपाल नेत्रज्योती संघ चितवनका सचिव केशव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण प्रयोगमा नआई थन्कियो

  गण्डकी ।  गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

  तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार

आठ लाखलाई खुवाइयो झापामा हात्तीपाइले रोगविरुद्धको औषधि

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले

एक हजार भन्दाबढी कलेजो र मिर्गौलाका विरामी अंगदाताको पखाईमा

शरद् शर्मा, काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी