जिल्ला अस्पताल सङ्खुवासभामा बालबालिकाको निःशुल्क उपचार



 

किमाथाङ्का (सङ्खुवासभा) ।  जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । मंगलबारदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पतालले जनाएको छ ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवाको आजदेखि औपचारिकरुपमा सुरुवात गरिएको अस्पतालका मेडिकल अधिकृत प्रनव जयरुले जानकारी दिए । उनकाअनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधिसमेत निःशुल्क उपलब्ध गराइने छ ।

निःशुल्करुपमा आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात हुनुपर्ने जयरुले जानकारी दिए ।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो । बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शय्या भएका अस्पतालमा मात्र लागु भएको हो ।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायत सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालको ५० शय्याको भवन समयमा निर्माण नहुँदा विसं २०३३ मा स्थापना भएको ३७ शय्या क्षमता भएको पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

अस्पतालमा जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका जयरुले बताए । यसअघि प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरी उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको

मधेश प्रदेशका ९० प्रतिशत नागरिक अझै बीमाको पहुँच बाहिर

जनकपुरधाम ।  मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने 

  काठमाडौँ  ।  सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

  काठमाडौँ । सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग