नेपाली औषधिको प्रवर्द्धन गर्न फर्मा एक्स्पो हुने



काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनका सङ्घका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उत्पादनको बजारीकरण गर्न र अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि एक्स्पो आयोजना गर्न थालिएको जानकारी दिए ।

उनले एक्स्पोमा नेपाली औषधि कम्पनीले भित्र्याएको प्रविधिबारे पनि जानकारी गराइने बताए । नेपाली औषधि उत्पादनको अमेरिका, जापान, चीन र भारतले उत्पादन गर्ने प्रविधि अवलम्बन गरेको उनले बताए ।

नेपाली उद्योगले उत्पादन गरेका ५० प्रतिशत औषधिले नेपाली बजार धानेको अध्यक्ष प्रधानले जानकारी दिए । एक्स्पो चितवनमा आगामी फागुन २५ देखि २७ गतेसम्म हुने छ ।

एक्स्पो संयोजक प्रभात रुङ्गाटाले औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने बताए । एक्स्पोमा नेपालमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि सेमिनारसमेत आयोजना गरिने उनले बताए । उनले विदेशी युवालाई लक्षित गरेर ‘करिअर मिट’समेत एक्स्पो आयोजना गरिएको बताए ।

एक्स्पोमा नेपाली औषधि उत्पादन गर्ने प्रविधिबारे जानकारी लिनका लागि कम्बोडिया, जर्जियाबाट मानिस आउने उनले बताए । एक्स्पोमा चीन, भारत, सिङ्गापुर र बंङ्गलादेशका एक सय ५० भन्दा बढी कक्ष रहनेछन् ।

सङ्घका पूर्वअध्यक्ष जीनारायण क्षेत्री र शङ्कर घिमिरेले विगतको तुलनामा नेपाली औषधि उत्पादनले फड्को मारेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट नेपाली औषधि उत्पादन भइरहेको बताए । प्रत्येक दुई–दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।