कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी



 

कञ्चनपुर ।  महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ ।

हात्तीपाइले र हाइड्रोशिल रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरुको खाजी गरिरहेको हो । अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ ।

सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशिलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडी बढाइएको अधिकृत रावलले बताए ।

जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । “स्थानिय स्वास्थ्य संस्थाहरुसँग समन्वयको कार्य गरी क्याम्प सञ्चालन गरिरहेका छौं”, उनले भने, “हालसम्म बेलौरी र शुक्लाफाँटाको दीपनगरमा रहेको स्वास्थ्य संस्थामा क्याम्प सञ्चलन गरिएको छ, त्यसमा १८ जना हाइड्रोशिलका बिरामी फेला परेका छन् ।”

यसपछि पिपलाडी, देखतभूली, बेलडाँडी लगायतका क्षेत्रमा क्याम्प सञ्चालन गरिने उनको भनाइ छ । हात्तीपाइले र हाइड्रोशिलका बिरामी गाउँघरमा धेरै लुकेर बसेका भए पनि विभिन्न कारण क्याम्पससम्म आउन नसकेको उनले उल्लेख गरे ।

वर्षौदेखि रोग लुकाएर बसेका बिरामीको खोजी गरी महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइने कार्यमा सहयोग गर्न उनले आग्रह गरे । दुई वर्षका बालकदेखि ७० वर्षका वृद्धमा हाइड्रोशिलको समस्या देखिएको उनले जानकारी दिए ।

त्यस्ता बिरामीको सङ्या जिल्लाभरीमा एक हजारदेखि एक हजार दुई सयको हाराहारीमा रहेको उनको अनुमान छ । गत वर्ष मात्रै क्याम्प सञ्चालन गर्दा बेलौरी नगरपालिकाबाट मात्रै ६९ जना हात्तीपाइले र हाइड्रोशिल भएका बिरामीको शल्यक्रिया गरिएको थियो ।

हात्तीपाइले र हाईड्रोशिलका कारण छालामा सङ्क्रमण भई रोगीमा क्यान्सरसम्मको समस्या निम्तिन सक्ने भएकाले यसको उत्तम उपचार भनेकै शल्यक्रिया भएको उनी बताउँछन् । हात्तीपाइले र हाइड्रोशिल रोग लामखुट्टेको टोकाइबाट हुने गरेको छ ।

मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै बुद्धिमानी हुने दीपनगर आधारभूत स्वास्थ्य चौकीका सिअहेव कृष्णराज जोशीले बताए । उनका अनुसार यो रोग देखिनुभन्दा पहिला नै औषधि सेवन उत्तम उपायका रुपमा रहेको छ । हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्ने उनी बताउँछन्  ।

अण्डाशय सामान्यभन्दा ठूलो देखिनुलाई हाइड्रोसिल भन्ने गरिएको जनाउँदै उनले यो रोग विशेष गरी पुरुषहरुमा देखिने गरिएको छ । केही बच्चाहरु जन्मँदै अण्डाशयमा पानी भरिएको देखिने गरेको भए पनि आफैं निको हुने गरेको उनले बताए ।

बच्चामा हाइड्रोसिल हुने मुख्य कारण भनेकै अण्डकोष पेटबाट तल झरेको प्वाल पुनः खुलेर वा राम्ररी बन्द नभएर त्यहाँबाट पानी चुहुनु रहेको उहनो भनाइ छ । शल्यक्रिया गरिएपछि हाइड्रोशिलको समस्या निदान हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।