धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु



 

बागलुङ ।  बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।

धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९/८० मा १० करोड बजेट विनियोजन गरको थियो ।

धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरिन् । प्रदेश सरकारले गोरखा र बागलुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।