चार बर्षदेखि थन्काइयो भेन्टिलेटर



दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो ।

लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् । आइसियु र भेन्टिलेटर कक्षको व्यवस्था पछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक अहिले पनि जटिल खालका रोगको उपचार गर्न भने बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा छन् । लाखौँ रकम खर्चेर ल्याइएको आइसियु र भेन्टिलेटर भौतिक संरचना तथा बजेट अभाव देखाउँदै चार वर्षदेखि थन्क्याइएको छ ।

तत्कालीन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा नीरञ्जन पन्तका पालामा २०७७ वैशाखमा भेन्टिलेटर र आइसियुका लागि उपकरण खरिद गरिए पनि अहिलेसम्म प्रयोगमा नआइ थन्किएको हो । हाल स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले यही जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताए ।

उनले भने, “यस कार्यालयमा सात विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको र दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । आफू पनि स्त्रीरोग विशेषज्ञ भएकाले सेवा लिन आउने महिलालाई बाहिर पठाउन परेको जानकारी दिए ।

हाल अस्पतालमा ६१ कर्मचारीको दरबन्दी रहेकामा २६ कर्मचारीको पद रिक्त छ । जिल्ला अस्पतालमा हाल कार्यरत नौ मेडिकल अधिकृतमध्ये दुईजना मात्र स्थायी रहेको जनाइएको छ । अन्य आठ जना मेडिकल अधिकृत छात्रवृत्ति र करारका रहेका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताए ।

उनले भने,“स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्याका हुन्छन् । हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्तिको समस्या छ ।”

कार्यालयमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आइए पनि जटिल खालका बिरामी भने प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुग्ने गरेका देखिन्छन् । प्रदेश सरकारमातहत जिल्ला अस्पतालले दिने सेवालगायत कुरामा नागरिकले प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको

१० देखि १४ वर्षका किशोरीलाई निःशुल्क क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर

विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि