गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला



काठमाडौं । गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखिएको हो ।
परिषद् र लिड्स नेपालले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका र भुम्लु गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनमा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको पाइएको हो ।
गोबर ग्यास प्रयोग गर्ने आमाले बच्चालाई दूध खुवाउँदा सरसफाइ नगर्ने,   गोबर प्रयोगपछि साबुन पानीले राम्ररी हात नधुने, लुगा परिवर्तन नगर्ने जस्ता कारणले बालबालिकालाई झाडापखाला बढी लाग्ने गरेको अनुसन्धानमा संलग्न धीरज पोखरेलले जानकारी दिए ।
उनका अनुसार गोबरमा रहेको जीवाणुले नै बालबालिकालाई झाडापखला लाग्ने र झाडापखालका कारणले बालबालिकाको वृद्धि विकासमा असर पर्ने बताए  । झाडापखलाका कारण बालबालिकामा पुड्कोपनाको समस्या देखिन्छ । उक्त अध्ययनमा पाँच सय ५० बालबालिकामा गरिएको थियो ।
ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए । दुई वर्षमा गरिएको अध्ययनमा बालबालिकालाई के कस्ता खानेकुरा आएको, किन ज्वरो आएको जस्ता कुरा सोधिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको