दाङ र कालीकोटमा पनि देखियो दादुरा



 

काठमाडौं । दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए ।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ । सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कूल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा) मा दादुरा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लामा १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको