एपीएफ अस्पतालमा डायलासिस सेवा सुरु



काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबारदेखि मिर्गौलाको डायलासिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाकोे शुरुवात गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्यप्रति चासो राख्दै डायलाइसिस र मिर्गाैला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि सुरु भएको डायलाइसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पताललमा आइसियु तथा भेन्टिलेटरको सुविधा रहे पनि आपत्कालीन अवस्थामा बिरामीलाई डायलाइसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यतालाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहनेसमेत बताए ।

महानिरीक्षक अर्यालले अस्पतालमा डायलासिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयवासीलगायत आम सर्वसाधारण तथा विपन्न नागरिकले पनि सेवा पाउने भन्दै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पूर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा सङ्गठनलाई प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा सहयोग पुर्याउने सङ्घीय प्रादेशिक तथा स्थानीय निकाय साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घ संस्थालगायत सरोकारवाला निकायलाई धन्यवाद दिए ।

नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल छ शय्या क्षमताको डायलासिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधासमेत विस्तार गर्दैै लगिने बताए ।

डायलासिस सेवा सञ्चालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट चार थान र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट एक थान डायलासिस मेसिन प्राप्त भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको