गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा



गुल्मी । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडाँैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए ।

साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताए । सहज उपचारपछि उनी राहत मिलेको अनूभूति भएको बताउँछन् ।

उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् । हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए ।

उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताए । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । “हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो” उनले भने, “गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।” नगरपालिकाले गुल्मी अस्पतालाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको