स्वास्थ्य बीमा ७४८ स्थानीय तहमा विस्तार



काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ ।

स्वास्थ्य बीमाबारे शुक्रबार आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताए । उनले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए।

“आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उनले भने।

काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उनले बताए। बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० कार्यविधि तयार पारी कार्यान्वयनमा लगेको उनको भनाइ छ ।

बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले विसं २०७२ चैत २५ गतेदेखि सञ्चालनमा आएको बीमा कार्यक्रम यही चैत १५ सम्म कूल बीमित जनसङ्ख्या ६४ लाख ५४ हजार सात सय ७२ र सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्था चार सय ५६ रहेको बताए ।

गरिबी वर्गको सूचीकरण, नवीकरण नर्सिङ महाशाखाले गर्दै आएको र अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल बीमित जनसङख्यामध्ये हाल सेवा लिनेको सङ्ख्या २८ लाख ९३ हजार पाँच सय ७२ रहेका छन् ।

लक्षित वर्गको आबद्धतामा अति गरिब बीमित जनसङ्ख्या चार लाख ९८ हजार सात सय २२ र ज्येष्ठ नागरिक सात लाख ७७ हजार आठ सय १६ रहेका छन् ।

एचआईभी एड्स सङ्क्रमित बीमित सङ्ख्या परिवारका सदस्यसहित ३२ हजार पाँच सय ३०, अति अशक्त अपाङ्ग बीमित एक लाख २२ एक सय ५४, कुष्ठरोग सङ्क्रमित बीमित तीन हजार दुई सय ४२, टिबी बीमित तीन हजार १७ जना र महिला स्वास्थ्य स्वयं सेविका बीमित एक लाख नौ हजार छ सय सात जना रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा