बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु



म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा दिन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघमा उपलब्ध गराएको नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन दुई महिनापछि सञ्चालनमा आएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे मेसिनमा प्रिन्टर र सफ्टवेयर जडान गरेर यसै हप्तादेखि सेवा सुरु गरिएको जानकारी दिए ।

“मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौैँ । पछिल्लोपटक सफल भयौँ”, उनले भने, “एक्सरे मेसिन सञ्चालन गरेर जिल्लावासीलाई सहजरूपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौँ ।”

नयाँ एक्सरे मेसिन सञ्चालनका लागि तीन सय केभीएको विद्युत् आपूर्ति गराउने संरचना, प्रिन्टर र सफ्टवेयर अद्यावधिक गर्न करिब दुई महिना समय लागेको हो । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्सरे सेवा दिन सकिने अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले बताए ।

“यसअघि हामीसँग भएको प्रोटेवल एक्सरे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौँ”, उनले भने, “मन्त्रालयले एक करोड ५० लाख मूल्य बराबरको मेसिन खरिद गरेर उपलब्ध गराएको हो ।”

अस्पतालमा यसअघि रहेको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ बेला–बेलामा बिग्रने गर्दा सेवा प्रभावित बनेको थियो ।

बेनी अस्पतालका मेडिकल अधिकृत डा रामु सापकोटाका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ ।

उपकरणको अभावमा बेनी अस्पतालमा आउने बिरामी एक्सरे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले सेवा र उपकरण थप गर्दै गएको छ । फिजिसियन विशेषज्ञ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकको उपचारका लागि पाँच शय्या क्षमताको छुट्टै कक्ष सञ्चालन गरेको छ ।

शल्यक्रियामार्फत प्रसूति, हाइड्रोसिल, हर्नियाको शल्यक्रिया, दन्त, आँखा, बच्चा उपचार कक्ष, सामाजिक सेवा एकाइ, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलायसिस सेवा सञ्चालन गर्दै आएको छ । पर्वत, बागलुङ र मुस्ताङ जिल्लाका सर्वसाधारणले समेत सेवा लिने बेनी अस्पतालमा पर्याप्त भवन र जनशक्ति अभाव चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको