गाउँमै गर्भवतीको स्वास्थ्य जाँच



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो ।

गाउँपालिकाभित्रका सबै गर्भवतीको स्वास्थ्य जाँच गर्न समय तालिका बनाएर विभिन्न स्वास्थ्यचौकीमार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष विजय किराँतले जानकारी दिए । प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवतीको जाँच गर्ने तालिका बनाएर सेवा दिन थालिएको छ ।

हरेक महिनाको ८ गते मैवाखोला–३ र ४ का गर्भवतीले साँघु स्वास्थ्यचौकीबाट सेवा पाउने छन् भने १६ गते वडा नम्बर ५ र ६ का गर्भवतीले फाकुम्बा स्वास्थ्यचौकीबाट सेवा पाउने छन् ।

यस्तै हरेक महिनाको २४ गते वडा नम्बर १ र २ का गर्भवतीले ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिए ।

तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा उक्त सेवा प्रदान गरिँदै छ । गाउँमै निःशुल्क सेवा पाउन थालेपछि स्थानीयलाई सहज भएको छ । यसअघि उक्त सेवाका लागि यहाँका गर्भवती सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

  बागमती ।  पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि