बैतडीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन



बैतडी । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ ।

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठका अनुसार चिकित्सक कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगसम्बन्धीका चिकित्सकले सेवा दिएका छन् ।

शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, ‘अल्ट्रासाउण्ड’ सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य जाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।

शिविरबाट पाँच सय बढी नागरिक लाभान्वित भएका डा श्रेष्ठले बताए । उनले भने, “अस्पतालको पहुँचभन्दा टाढा तथा दुर्गममा रहेका नागरिकलाई लक्षित गरेर गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भइरहेको छ ।

गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले हामीले गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गरिएको र यसबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।”

छिट्टै जिल्लाको सिगास गाउँपालिकाको गाजरीमा समेत शिविर सञ्चालन गर्ने तयारी रहेको जिल्ला अस्पतालले जनाएको छ । यसमा साथै जिल्ला अन्य पालिकाका पनि स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा