बाँकेमा कुष्ठरोग निवारणमा चुनौती



बाँके । बाँकेमा कुष्ठरोगका नयाँ बिरामी फेला पर्नथालेपछि कुष्ठरोग निवारण अभियानमा चुनौती देखिएको छ । एक वर्षको अवधीमा एक सय ५७ जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए ।

उनका अनुसार, पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि रहेका उहाँले बताउनुभयो । बाँके र बर्दियाका दुई÷दुईजना र कैलालीका एक जना बालकमा कुष्ठरोग देखिएको छ ।

आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारुले बताए ।

गत आर्थिक वर्षमा बर्दिया र बाँकेका तीन ठाउँमा राखिएको शिविरमा पाँच हजार पाँच सय ८६ जनाको स्क्रिनिङ गर्दा ३० जना नयाँ रोगी फेला परेका थिए ।

साथै आर्थिक वर्ष २०७८/७९ मा १५ हजार पाँच सय ८२ जना बिरामीले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएपनि बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।

“पाँच वर्षसम्म कुनैपनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ । तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये ३ प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ,” उनले भनिन् ।

उनले कुष्ठरोग निवारणको लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताए  । पछिल्लो समय बालबालिकामा पनि सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णप्रसाद आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा

कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा नसर्ने रोगसम्बन्धी परियोजना सुरु

  काठमाडौँ  ।  कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना