इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार



इलाम । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उपचार यहीँ सम्भव भएको हो ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हुँदै आएको थियो । उपचारका लागि इलाम बाहिर रेफर गर्नुपर्ने अवस्था थियो । पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधिमार्फत उपचार गरिने सङ्घका प्राविधिक लाक्पा लामाले जानकारी दिए ।

मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन सङ्घ इलाम शाखाले उपचार सुरु गरेको सङ्घका प्रमुख कमल सुवेदीले जानकारी दिए ।

सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले मेसिन आएपछि इलामबाट उपचारका लागि अन्यत्र जानुपर्ने समस्या समाधान भएको बताउनुभयो । यसअघि उपचारका लागि जिल्ला बाहिर जाँदा यहाँका बिरामीले आर्थिक भार व्यहोर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा