दमक अस्पतालमा एकीकृत उपचार कक्ष



दमक । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ ।

फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो कक्ष स्थापना गरिएको हो । सरकारले उन्मूलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ती रोग पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढिरहेको तथ्याङ्क सार्वजनिक भएपछि विश्व स्वास्थ्य सङ्गठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ती रोगको उपचारमा ध्यान गएको हो ।

दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए ।

उनले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टीका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णताः दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीको व्यवस्थापन काममा लागेको पनि उनले बताए ।

कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीह हस्तान्तरण गरिन् ।

उनले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा अझ उपलब्धिमूलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास