‘मधुमेहका बिरामीले पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’



विराटनगर । मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ ।

‘मधुमेह सेवा पहुँच बढाऔँ, सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ नाराका साथ गोल्छा आँखा अस्पताल फाउण्डेशन विराटनगर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँद्वारा विश्व मधुमेह दिवसको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा यस रोगले आँखामा पार्ने अवसरबारेमा सचेतना दिइएको हो ।

रगतमा चिनीको मात्रा बढेर शरीरका विभिन्न अङ्ग मिर्गाैला, आँखामा असर गरी पूर्ण अन्धो बनाउने तथा मुटुलाई असर गर्ने हुनाले समयमा यसको जाँच तथा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।

यस रोगको मुख्य लक्षण बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ सङ्क्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुक्खा हुनु आदि रहेका छन् ।

यस्ता लक्षण नदेखिइकन पनि मधुमेह लागेको हुन सक्छ । गोल्छा अस्पतालका प्रमुख चिकित्सक डा सुभाष पोखरेलले मधमेहका बिरामीलाई मुख्यरूपमा आँखामा असर गर्ने हुनाले वर्षको एकपटक नेत्र चिकित्सकसँग जाँच गरी आँखाको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

गोल्छा आँखा अस्पतालले गत आर्थिक वर्ष २०७८/०७९ मा ४८ हजार छ सय नौ बिरामीको उपचार गरेको थियो । सोही वर्ष छ हजार नौ सय १२ बिरामीको आँखासम्बन्धी शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख विन्देशवर महतोले जानकारी दिए ।

अस्पतालमा दैनिक तीन सय ५० बिरामी उपचारका लागि आउने गरेकामध्ये २८ प्रतिशत मधुमेहका बिरामी हुने गरेका छन् । नेपालमा ४० वर्षदेखि माथिका १८ प्रतिशतलाई मधुमेह हुने गरेको छ ।

त्यसमा नौ प्रतिशतमा आँखामा समस्या रहेको सोही अवसरमा जानकारी दिइयो । विसं २०३९ मा स्थापना भएको अस्पतालमा आँखाका सबै किसिमका उपचार सेवा प्रदान गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख

हुम्लामा आयोजित स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढीले लिए सेवा

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

चितवनमा रगत अभाव

नारायणगढ चितवन) । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा