कञ्चनपुरमा डेङ्गु सङ्क्रमण न्यून



कञ्चपुर । कञ्चनपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । बढ्दो चिसोसँगै डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकासमा कमी आएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या घटेको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार गत अक्टोबर महिनामा ४० जनामा डेङ्गुको सङ्क्रमण देखापरेकामा नोभोम्बर महिनाको हालसम्म तीन जनामा मात्रै डेङ्गुको सङ्क्रमण देखापरेको छ ।

जनवरीमा दुई, मेमा दुई, जुनमा चार, जुलाइमा तीन, अगष्टमा १४ र सेप्टेम्बरमा सबैभन्दा बढी एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखापरेको छ ।

“वर्षाको सफा पानीमा डेङ्गु सार्ने लामखुट्टेले लार्भा हुर्काउँछ, वर्षा हुने क्रमम रोकियो”, उनले भने, “मौसम चिसो हुन थालेपछि प्रतिदिन डेङ्गुका बिरामीको सङ्ख्यामा कमी आएको छ ।”

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म कञ्चनपुरमा डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या दुई सय ३४ पुगेको छ ।

दोधरा चाँदनीमा ५५, महाकाली अस्पाताल ६७, शर्मा प्रयोगशाला १९, लाइफ सेभर्स प्रयोगशाला एक, बेदकोट नगरपालिका १२, शुक्लाफाँटा नगरपालिकामा नौ, कृष्णपुर नगरपालिकामा १२ र पुर्नवास नगरपालिकामा ४१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

बेलौरी नगरपालिकामा १०, लालझाडी गाउँपालिका तीन, बेलडाँडी गाउँपालिकामा तीन, मन्त्र अस्पतालमा एक र जोशी प्रयोगशालमा एक जनमा डेङ्गुको सङ्क्रमण देखिएको औलो निरीक्षक भट्टले जानकारी दिए ।

सहरी क्षेत्रमा मात्रै बढी देखिने डेङ्गु ग्रामीण क्षेत्रमा समेत देखिन थालेको उनले बताए । भारतबाट काम गरी फर्केकाहरूमा डङ्ेगुको भाइरसको सङ्क्रमण बढी देखिएको छ ।

“डेङ्गुको भाइरस सार्ने लामखुट्टेले सफा पानी रहने टयाङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन ड्रम, गमला, टायरमा जमेको पानीमा फूल पार्ने र लार्भा हुर्काउने भएकाले त्यस्तो पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायत कार्य गर्नुपर्ने हुन्छ”, उनले भने ।

डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मल्हमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको भाइरस सर्ने गर्दछ ।

डेङ्गुको कुनै किसिमको विशेष उपचार र खोप छैन । बिरामीमा देखिएका लक्षणका आधारमा उपचार हुने गरेको छ । यसैबीच, कञ्चनपुरमा साउन १ गतेदेखि कात्तिक २२ गतेसम्म एक सय ६६ जनामा स्क्रबटाइफस र ११ जनामा औलोको सङ्क्रमण देखापरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास