खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी



बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ । अस्पतालमा युरोलोजिस्ट भए पनि पिसावसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समिति अध्यक्ष मल्लले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीका रुपमा लिएर नयाँ योजनासहित काम गरिरहेको बताए ।

अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनको भनाइ छ ।

खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् ।

बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा हाल वार्षिक रुपमा करिब एक हजार तीन सय बिरामी उपचार गराउन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास