कोरोनाका अझै ६ सय ४१ सक्रिय सङ्क्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन् । आज ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ४१ छ । कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

७७ जिल्लामा डेङ्गु, ४३ हजार बिरामी
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् । डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको