राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम



काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन् ।

सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ । यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र सङ्गठन विस्तारको काम गर्ने बताए। अहिले सङ्घका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन् । उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए। सङ्घमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास