डेङ्गु नियन्त्रणका लागि मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने



काठमाडौं । डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ ।

बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेङ्गुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले डेङ्गुको नियन्त्रणका लागि प्रदेश र स्थानीय तह सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए ।

बैठकले डेङ्गु सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्रता बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसारको व्यवस्था मिलाउने, रोग रोकथाम र नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने र रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले