मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै



जनकपुरधाम । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपील गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपील गरेको हो ।

हाल कोभिड–१९ को सङ्क्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, सङ्क्रमणको शङ्का भएमा सङ्क्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा छ जना कोरोना सङ्क्रमित पाइएको छ । यसअघि गत मङ्गलबार पनि मधेस प्रदेशसमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै मधेस प्रदेशमा कोरोना पोजेटिभका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, पर्साको वीरगन्ज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नभेटिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच, अहिलेसम्म मधेश प्रदेशमा कोरोना सङ्क्रमित भएकामध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले