स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग



काठमाडौं । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति जारी गरी बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् ।

विभागले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढङ्गले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

“ बजेटमा उल्लेख भएको बुँदा नं १५१ नंको व्यवस्थाले एकातिर बीमा प्रदायक संस्थाको सङ्ख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने स्पष्ट छ”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीले सङ्घीय संसद्मा भएको छलफलमार्फत उपरोक्त नीति खारेज गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आएको सूचितै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको निलम्बन फुकुवा गर्न सभामुखलाई अर्यालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले पार्टीका सभापति रवि लामिछानेमाथि

शुभ बिहानी ! ‘बन्दैछ नेपाल’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता

बहुजन एकता पार्टी र संघीय समाजवादी पार्टी संयुक्त संघर्ष समिति गठनको तयारीमा

काठमाडौं । नेपालमा दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा