मङ्कीपक्सको आशङ्कामा एक बिरामीको उपचार हुँदै



काठमाडौं । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको छ । “हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ”, उनले भनिन्, “रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ ।” बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार