राजनीतिक जोडघटाउ बन्द गरी महामारीविरुद्ध एकजुट हुन चिकित्सक संघको अपील



काठमाडौं । नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको हो ।

बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधरणलाई एकजुट भएर महामारी विरुद्ध लड्न अपील पनि गरेको छ ।

संक्रमितहरु अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको,बचाउन सक्ने अवस्था हुँदाहुँदै अक्सिजनको अभावमा विरामीको ज्यान जाने गरेका लगायत हृदयविदारक दृश्यहरु देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाईरहे पनि सरकार, राजनीतिक दल लगायत सरोकारवालाहरु गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ । राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्काहरु महामारी विरुद्धको लडाईमा एकजुट हुन संघले आह्वान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार