असुरक्षित यौन सम्बन्ध नराखौं, कन्डमको प्रयोग गरौं !



डा. अनुप बास्तोला ।

नेपालमा हाल २९,५०३ एचआईभी संक्रमित रहेको अनुमान छ । संक्रमितमध्ये २३,१३६ जना जीवित छन् ! १९,४१० ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका छन् । संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन् ।

सरकारले एचआईभी संक्रमितका लागि देशभरि ८० वटा एआरटी केन्द्रबाट निःशुल्क औषधि तथा अन्य उपचारको व्यवस्था गरेको छ । एचआईभीका बिरामी उपचार गर्ने टेकू अस्पताल भने अहिले कोभिड-१९ का बिरामी राख्ने अस्पताल भएको छ ।

हाल टेकू अस्पतालमा एचआईभी संक्रमितको भर्ना गरी उपचार नभए पनि नियमित औषधि सेवन गर्ने र भर्ना नाचहिने बिरामीका लागि एआरटी सेवा सुचारु छ । कोभिड महामारी चाँडै अन्त्य होस्, र एचआईभी संक्रमितको उपचारलाई पनि निरन्तरता दिन पाइयोस्, विश्व एड्स दिवसमा यही छ कामना ।

यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, एमएमएस, वैदेशिक रोजगारीमा गएका कामदार तथा संक्रमितका पार्टरन अहिले पनि एचआईभी संक्रमणको जोखिममा छन् । जोखिममा रहेका व्यक्तिहरुले समयमै एचआईभी परीक्षण गराऔं ।
नेपालमा ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको छ ! । त्यसैले असुरक्षित यौन सम्बन्ध नराखौं । कन्डमको प्रयोग गरौं ! ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ पूरा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख

नेपालमा लगानीका लागि कागजी रुपमा रहेका व्यवस्थाहरुलाई सरलीकृत गरेर लगानीमैत्री बनाउनुपर्छ

एकराज पाठक । नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख

ट्रेड युनियन अभियानल गर्न नसकेको काम

अचुतकुमार ओझा आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर

तर दुर्भाग्य, हामीले रेल पनि डिजेलवाला किन्दै छौं

नारायण गाउँले । हाम्रा शहरहरू खाड़ीको मरुभूमिभन्दा तातो र प्रदूषित हुँदै जानुको कारण