स्याङ्जामा थप १२ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप ४७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजको प्रयोगशालमा गरिएको परीक्षणमा तनहुँ, नवलपरासी, कास्की, स्याङ्जा, मनाङ, लमजुङ र गोरखाका गरी थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।