स्वास्थ्य मन्त्रालयद्वारा कोभिड अस्पतालको तह खारेज, अब कोभिड र नन–कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना गर्न तय गरेको तीन तहका अस्पतालको व्यवस्था खारेज गरेको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका तह एक, तह दुई र तह तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसका साथै मन्त्रालयले कोभिड उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर नामाकरण गर्ने र ती अस्पतालमा कोभिड र नन–कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

अब भने सबै अस्पताल एकै लेभलका अस्पताल भएको र कोभिड अस्पतालमा परिणत गरिएको प्रवक्ता गौतमले बताए । यसअघि मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’मा तहगत रुपमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो ।

कम लक्षण र जोखिम भएका बिरामीलाई लेभल एक, सामान्य अवस्था भन्दा अलि जटिल समस्या देखिएका संक्रमितहरुलाई लेभल दुई र अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने गम्भीर बिरामीलाई लेभल ३ को अस्पतालमा उपचार गरिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको