देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



बुटवल । रुपन्देहीको देवदहका एक मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । देवदह नगरपालिका–९, भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचार गराइरहेका एक बिरामीको बुधवार मृत्यु भएको थियो । देवदह नगरपालिका–३, शिसपुर निवासी ७० बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

उनको बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो । लामो देखिदेखि पक्षघात, सुगर, प्रेसरको विरामी रहेका उनको बुधवार मृत्यु भएको देवदह नगरपालिका–३, का वडाअध्यक्ष बैकुण्ठबहादुर कुँवरले जानकारी दिए । कोरोना पोजेटिभ भेटिएका पुरुषको नेपाली सेनाले दाहसंस्कारको तयारी गरिरहेको देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए ।

देवदह नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ । शिसपुरका स्थानीयवासीलाई घरबाट वाहिर निस्कन र वाहिरबाट शिसपुर जान रोक लगाईएको वडाअध्यक्ष कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको